२ चैत्र २०८२, सोमबार
अविरल वर्षाका कारण देशभरका अधिकांश जिल्लाहरुका बासिन्दाहरुको जनजिवन प्रभावित भएको छ । त्यस्तै काठमाडौंको बागमती नदीमा पनि पानीको बहाव उर्लेर आउँदा खतराको तह भन्दा माथि पुगेको छ।
पानीको बहाव उर्लेर आउँदा नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।


सो क्षेत्रमा उच्च जोखिम भएपछि नदी आसपासका बासिन्दाहरुलाई सावधानी अपनाउन भन्दै मोबाइल मार्फत एसएमएस पठाइसकिएको महाशाखाले बताएको छ ।
पानी पर्न नरोकिए काठमाडौंमा नदी बाहेक अन्य क्षेत्रमा पनि जोखिम रहने बताइएको छ । सोही कारण काठमाडौ बासीहरुले सामान्य सतर्कता अपनाउनुपर्ने देखिएको महाशाखाले बताएको छ ।
महाशाखाका अनुसार प्रदेश १, २ र ३ का चुरेबाट बग्ने प्राय सबै नदीमा पानीको बहाव खतराको बिन्दुमा पुगेको छ । कोशी र कन्काई नदीमा पनि पानीले खतराको तह पार गर्ने क्रममा रहेको छ ।