२ चैत्र २०८२, सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा पार्किङको लागि छुट्टै जग्गाको व्यवस्था गर्ने बताएका छन्।
अस्पतालमा लामो समयदेखि भएको पार्किङको समस्या समाधान गर्न नजिकै रहेको जग्गा उपलब्ध गराईदिने आश्वासन प्रधानमन्त्रीले ओलीले दिएका छन् ।


जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निमाण गरिएको सो अस्पताल भवनको उद्घाटन गर्दै उनले पार्किङलगायतका अस्पतालका अन्य समस्याहरुको पनि सरकारले छिट्टै समाधान गरिदिने आश्वासन दिएका छन् ।
शुक्रबार आयोजित उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो अस्पतालको पुनर्निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग पु¥याएको भन्दै जापान सरकारप्रति पनि आभार व्यक्त गरेका छन् ।
२०७२ सालमा भूकम्पले भत्काएपछि पुनर्निर्माण गरिएको सो अस्पताल भवनमा ४ सय १५ शैया रहेका छन् ।