पानीको बहाव कम भएपछि कोशी ब्यारेजका बन्द गरिए १० ढोका

होमल्याण्ड खबर

२०७६ असार २९ गते, आईतवार १०:१७ मा प्रकाशित

सप्तकोशी नदीमा पानीको बहाव कम भएपछि १० ढोका बन्द गरिएका छन् ।

पानीको बहाव उच्च भएपछि खोलिएका ५६ वटै ढोकामध्ये बिहान ८ बजेदेखि १० वटा बन्द गरिएका हुन् ।

पानीको बहावले पुललाई नै खतरा भएपछि कोशी ब्यारेज कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको थियो ।

सप्तकोशी नदीमा पानीको वहाब १० वर्षपछिकै सबैभन्दा धेरै प्रति सेकेन्ड ३ लाख ७१ हजार १ सय १० क्यूसेक पुगेपछि सबै ढोका खोलिएको थियो।

आइतबार बिहान ८ बजेको मापनअनुसार पानीको बहाव २ लाख ९० हजार ३४० क्यूसेक पुगेको छ ।