कुवेतको अपार्टमेन्टमा आगलागी हुँदा मृत्यु हुने ३ नेपालीको पहिचान खुल्यो

होमल्याण्ड खबर

२०७६ असार २९ गते, आईतवार १४:५१ मा प्रकाशित

गत शनिबार राति १२ कुवेतस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा सर्लाहीका २९ वर्षीय विजय बैठा, अप्सरा कामी र गौरी दर्जी रहेका छन् । अप्सरा र गौरीको ठेगाना भने खुलेको छैन ।

उनीहरु मालिकको घर छाडेर अपार्टमेन्टमा बस्दै आएका थिए ।

आगलागीमा परेर घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुईजना गम्भीर घाइते भएका थिए । १२ जनालाई उद्धार गरिएको थियो ।

मृतक नेपालीको शव फर्वानिया अस्पतालमा राखिएको छ ।