परराष्ट्रमन्त्री दम्पत्तिद्वारा मरणोपरान्त अंगदानको घोषणा

होमल्याण्ड खबर

२०७६ श्रावण ३ गते, शुक्रबार १४:५० मा प्रकाशित

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनकी पत्नी सरस्वती ज्ञवालीले मृत्यु पश्चात अंगदान गर्ने मन्जुरीनामामा हस्ताक्षर गरेका छन् । मन्जुरीनामामा भनिएको छ,‘‘मेरो मृत्यु पश्चात मेरो शरीरबाट मृगौला–मुटु–फोक्सो–कलेजो–प्याँक्रियाज–सानो आन्द्रा झिकी मृगौला–मुटु–फोक्सो–कलेजो–प्याक्रियाज–सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मन्जुरी भएकोले मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५को दफा १६को उपदफा(१)को खण्ड (ख) बमोजिम् जानी बुझी स्वेच्छाले यो मञ्जुरीनामा लेखि दिएको छु । ’’
उनीहरुले सो मञ्जुरीनामा शुक्रबार हस्ताक्षर गरेको उनको सचिवालयले जनाएको छ ।