९ मंसिर २०८१, आईतवार
युट्युबले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ ।
उक्त नयाँ फिचरका कारण अब युट्युवको गीत स्टि्रमिङ्ग हुने प्लाटर्फम युट्युब म्युजिकमा कम डाटा खर्च गरी गीत सुन्न तथा हेर्न सकिनेछ । तथापि यो फिचर केवल पि्रमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ ।
यो नयाँ फिचर अनुसार अब युट्युब म्युजिकको पि्रयिम सेवाका प्रयोगकर्ताले युट्युबमा कुनैपनि गीतको भिडियो हेर्ने कि गीतमात्रै सुन्ने भन्ने कुरा रोज्न पाउनेछन् ।
कमजोर वाइफाइ तथा मोबाइल इन्टरनेट नेटवर्क भई युट्युबमा भिडियो खुल्न कठिनाई झेल्नुपर्ने अवस्थामा समेत यो फिचरले निक्कै काम दिनेछ । किनकी अब गीतमात्र सुन्नका लागि युट्युबमा भिडियो चलाउनु पर्नेछैन ।
भिडियो हेर्ने कि गीतमात्र सुन्ने भन्ने कुरा चाहेको बेला प्रयोगकर्ताले रोज्न सक्नेछन् । यसो गर्दा डाटा पनि कम खपत हुनेछ ।
यसरी गर्नेछ काम
जुनबेला युट्युब म्युजिक लञ्च भयो त्यहीँबेला देखि नै प्रयोगकर्ताहरुले यसमा भिडियो मात्र नभै अडियो मात्रै सुन्न पाउने फिचर थप गर्न माग गर्दै आएका थिए । प्रयोगकर्ताको यहीँ मागलाई ध्यानमा राख्दै युट्युबले यो फिचर ल्याएको हो ।
यो फिचर जारी भएसँगै अब म्युजिक प्लेयरमा माथिपट्ट िएक बटन उपलब्ध छ । त्यसमा क्लिक गरेर बजिरहेको गीतको अडियो मात्र सुन्ने कि भिडियो पनि हेर्ने भन्ने कुरा रोज्न सकिन्छ र आफुलाई मन लागेको बेला अडियो वा भिडियो फम्र्याटमा परिवर्तन गर्न सकिनेछ । यो फिचरको सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसले गीतलाई रियल टाइममा स्विच गर्दछ ।
५० लाख गीत समायोजन गरियो
युट्युबमा अनुसार उसले अहिलेसम्म आफ्नो आधिकारिक म्युजिक एपमा ५० लाख गीतलाई समायोजन गरिसकेको छ । आगामी दिनमा छिट्टै नै बढि भन्दा बढि गीतलाई यो नयाँ फिचरमा समायोजन गरिने उसले जनाएको छ ।
नयाँ फिचर यसरी प्रयोग गर्नुहोस्
युट्युब पि्रमियम तथा युट्युब
म्युजिकको पि्रमियम प्रयोगकर्ताले म्युजिक
एपका लागि ल्याइएको
यो नयाँ फिचर
प्रयोग गर्न सक्नेछन्
। केही समयमै
सबै प्रयोगकर्ताले यो
फिचर प्रयोग गर्न
पाउने युट्युबले जनाएको
छ ।
यो फिचरको मज्जा
लिनका लागि तपाइँको
एन्ड्रोइड वा आइओएस
डिभाइसमा युट्युब म्युजिक एपको
लेटेस्ट भर्सन अपडेट हुनुपर्नेछ
।