२ चैत्र २०८२, सोमबार
जापानमा नेपाली कामदार पठाउन आवश्यक भाषा र सीपसम्बन्धी परीक्षा आगामि कार्तिकमा हुने भएको छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार पहिला भाषा परीक्षा अक्टोबरको २७ र २८ मा हुनेछ । त्यसपछि सीपसम्बन्धी परीक्षा नोभेम्बरको ६ र ७ तारिखमा हुनेछ।


जापान सरकारले शुरूमा अरूको हेरचार गर्ने ‘केयरगिभर’ का रूपमा कामदार लिन चाहेकाले त्यसैअनुसार भाषा परीक्षाको तयारी भइरहेको मन्त्रालयले बताएको छ ।
तर केयरगिभरका लागि कति नेपाली कामदार जापानले लिन खोजेको त्यो भने यत्तिनै तोकिएको छैन ।