२ चैत्र २०८२, सोमबार
सोमबारदेखि परेको अबिरल वर्षाका कारण गुल्मीको गाउँपालिकामा पहिरोले पुरिएर १२ जनाको मृत्यु भएको छ । यस्तै अझै केही बेपत्ता भएका छन् ।
सत्यवती गाउँपालिकाको वडा नं. ४ लिम्घास्थित भिरकुनामा ९ जना, वडा नं. ३ कसिंयलामा २ जना र सोही वडाको चिन्डीमा १ जनाको मृत्यु भएको हो ।


मृत्यु हुनेमा ३ नं. वडाका ३४ वर्षीया तिल कुमारी तरामु र ९ वर्षीष दर्शन तरामुको पहिचान खुलेको छ भने अन्यको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
लिम्घाको भिरकुनामा ३ घर बगाएको छ भने लुम्पेकमा २ जना अझै हराएको र २ जनाको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालका साथ स्थानीय कृष्ण पुलामी र डिल्लीराजले नेपालतारालाई जानकारी दिए ।
बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।