गुल्मी पहिरो– मृत्यु हुनेको संख्या १० पुग्यो (अपडेट)

होमल्याण्ड खबर

२०७६ श्रावण ७ गते, मंगलवार १३:३८ मा प्रकाशित

गुल्मीको सत्यवती गाउँपालिकाको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सत्यवती गाउँपालिकाको वडा नम्बर ४ मा ८ र ३ मा २ जनाको गरी मृत्यु हुनेको संख्या १० पुगेको हो ।

सत्यवती–४ भिरकुनामा स्थानीय छलि विक, चन्द्र बहादुर विक र धन बहादुर विकको घर पुरिएको छ । पहिरोमा घर पुरिँदा ७० वर्षीय छलि विक, ३२ वर्षीया निर्मला विक, २९ वर्षी पम्झा विक, १२ वर्षी अञ्जली विक, ९ वर्षीय तारा विक, ९ वर्षकी सिवानी विक, ५ वर्षीय हिमांशु विक र नाम नखुलेका १ वर्षी बालक गरी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, वडा नम्बर ३ ठूलोलुम्फेमा पहिरोले घर पुरिँदा लिकुमारी तरामु र उनका छोरा दर्शन तरामुको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा घर पुरिँदा मृतक तिलकुमारीकी १२ वर्षीय छोरी करिष्मा र १४ वर्षी छोरी धनी घाइते भएका छन् ।

वाड नम्बर ३ कै सिङ्दिमा रुद्रबहादुर विकको घर भत्किँदा २ जना बेपत्ता भएका प्रहरीले जनाएको छ । उनीहरुको खोज्ी भइरहेको जनाइएको छ ।