वर्ल्डलिंकको नँया योजना : अब हरेक टिभीमा युट्युब

होमल्याण्ड खबर

२०७६ श्रावण ८ गते, बुधबार १६:२४ मा प्रकाशित

वर्ल्डलिंक कम्युनिकेशनले आफ्नो नँया योजना अन्तर्गत अब हरेक टिभीमा युट्यब नामक प्रोडक्ट अफर स्वरुप ल्याएको छ । 

सेवा अन्तर्गत वर्ल्डलिंकका नेटटिभी प्रयोगकर्ताले अब टिभी मार्फत नै साथीभाइ वा सपरिवारसँग युट्युबको भरपूर फाइदा प्राप्त गर्न सकिने छ  ।

यो सुविधा स्मार्ट टिभीमा मात्र नभई नन स्मार्ट वा सि आर टि टिभीमा पनि उपलब्ध छ । हाल नेटटिभीले आफ्ना ग्राहकका लागि ८० भन्दा बढी एच डी च्यानलसँगै उत्कृष्ट तहको टिभीमा मनोरन्जनको अनुभव प्रदान गर्दै आइरहेको छ । 

नेटटिभी प्रयोगकर्ताले नियमित टिभी च्यानल कन्टेन्टमात्र नभई आफुलाई मनपर्ने कन्टेन्टहरु कुनै झन्झट बिनानै युट्युबमार्फत हेर्न  सकिने छ । साथै नेटटिभीले मोबाइल फोनमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएकाले यो सेवा उपभोग गर्नको लागि एकदमै सजिलो हुनेछ । 

यो अफर नेपालभर रहेका वर्ल्डलिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ । पुराना प्रयोगकर्ताले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटिभी सेटअप बक्ससँग नजिकै रहेको वर्ल्डलिंकको शाखामा गएर प्रिमियम सेवाको सुविधा लिन  सकिने छ ।