२ चैत्र २०८२, सोमबार
वरिष्ठ अधिवक्ता ओमप्रसाद थपलिया प्रदेश ३ को मुख्यन्यायाधिवक्तामा सिफारिस भएका छन् ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले रिक्त मुख्यन्यायधिवतक्तामा थपलियालाई सिफारिस गरेका हुन् ।


उनलाई साउन १२ गते साढे ११ बजे प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ खुवाउने कार्यतालिका तय भएको छ ।
मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यवस्था छ ।
२०४४ साल देखिनै अभिवक्ताबाट कानुनी क्षेत्रमा लागेका थपलिया २०४८ सालबाट अधिवक्ताको रुपमा वकालत पेसामा आवद्ध रहेका छन् । उनी २०७४ सालमा वरिष्ठ अधिवक्ता समेत भएका थिए ।
यसअघि मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएपछि यो पद खाली थियो ।