२ चैत्र २०८२, सोमबार
उच्च अदालतका तीन मुख्य न्यायाधीशको सरुवा गरिएको छ ।
आइतबार बसेको न्यायपरिषद्को बैठकले उच्च अदालत तुलसीपुरका नहकुल सुवेदीलाई उच्च अदालत पाटन, सुर्खेतका मुख्य न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत तुलसीपुरमा सरुवा गरिएको छ ।


यस्तै पाटन उच्च अदालतका मुख्य न्यायाधीश रहेका कुमार चुडालको सुर्खेत सरुवा भएको छ ।