देशभरको मौसमः पश्चिमको केही ठाउँमा पानी पर्ने सम्भावना

होमल्याण्ड खबर

२०७६ श्रावण १४ गते, मंगलवार १०:०० मा प्रकाशित

आज मंगलबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा भने पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिममा बनेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले पश्चिमको केही ठाउँमा मंगलबार दिउँसो र राति पानी पर्ने सम्भावना रहेको तथा मध्य र पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ ।

मंगलबार राति देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने तथा मध्य र पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जारी गरको बुलेटिनमा उल्लेख छ ।

मनसुनी न्यून चापीय रेखा तराई भू–भाग भन्दा दक्षिणतिर रहेकाले नेपालमा मनसुनी गतिविधि केही दिनदेखि कमजोर बनिरहेको छ ।