पाटन दरबार क्षेत्र पनि सवारीमुक्त

होमल्याण्ड खबर

२०७४ चैत्र १२ गते, सोमबार ११:१४ मा प्रकाशित

वैशाख १ गतेदेखि ललितपुरको पाटन दरबार क्षेत्र पनि सवारीमुक्त हुने भएको छ । महानगरका भित्री भागमा सवारी चाप बढेसँगै दरबार क्षेत्र घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै सवारीमुक्त गर्न लागिएको ललितपुर महानगरपालिकाले जानकारी दिएको छ।
दरबार क्षेत्रको केही भाग पहिला नै सवारी मुक्त क्षेत्र बनाइएको भएता पनि बाँकी स्थानमा अझै सवारी आवतजावत छ । सवारी आवातजावतले गर्दा पर्यटकहरुकले दरबार क्षेत्र नियाल्न सकेका छैनन् । ध्वनि प्रदुषण पनि बढ्यो त्यसैले दरबार क्षेत्र पूरै सवारीमुक्त गर्न लागेको दाबी ललितपुर महानगरपालिकाको छ । वैशाख १ गतेदेखि महानगरले ट्राफिक प्रहरीसँग समन्वय गरेर दरबार क्षेत्र पूर्ण सवारी निषेधित क्षेत्र घोषणा गर्ने महानगरले जनाएको छ ।
दरबार क्षेत्रमा सवारी निषेधका लागि ललितपुर ट्राफिक प्रहरीले पूर्ण साथ दिने बताएका छन्।