९ मंसिर २०८१, आईतवार
एजेन्सी, अमेरिकी प्रतिबन्ध तथा अन्य पश्चिमा मुलुकहरुले समेत हुवावेका सेवा तथा उत्पादनको प्रयोगमा कडाइ गरिरहेको अवस्थामा समेत हुवावेको आयमा वृद्धि हुनुलाई सकारात्मक मानिएको छ ।
चीनको हुवावे टेक्नोलोजिज कम्पनीको पछिल्लो ६ महिनाको आयमा २३ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
सार्वजनिक तथ्यांक अनुसार सन् २०१९ को पहिलो अर्धवार्षिक अवधिमा कम्पनीको आयमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३ दशमलब २ प्रतिशतले बढोत्तरी भएको हो ।
यही वर्षदेखि त्रैमासिक आर्थिक विवरण सार्वजनिक गर्न थालेको हुवावेका अनुसार सन् २०१९ को पहिलो ६ महिनामा कम्पनीले ४ खर्ब १ अर्ब ३० करोड युआन अर्थात् ५८ अर्ब २८ करोड अमेरिकी डलर आम्दानी गर्न सफल भएको छ । सन् २०१८ को पहिलो अर्धवार्षिकमा हुवावेले ३ खर्ब २५ अर्ब ७० करोड आम्दानी गरेको थियो ।
त्यस्तै यो वर्षको प्रथम अर्धवार्षिकमा हुवावेका ११ करोड ८० लाख गोटा स्मार्टफोन बिक्री भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले बढी हो ।