पूर्वयुवराज्ञी हिमानी शाहले स्थापना गरिन् दैवीप्रकोप उद्दार कोष

होमल्याण्ड खबर

२०७६ श्रावण १९ गते, आईतवार १५:४५ मा प्रकाशित

पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिमा परेका मानिसहरुलाई सहयोग गर्न ‘दैवीप्रकोप उद्दार कोष’ स्थापना गरेको घोषणा गरेकी छन् ।

आज पत्रकार सम्मेलन गर्दै हिमानीले पूर्व औहरी अग्नीपीडित, पश्चिम खरा बाढीपीडित तथा कैलाली महेन्द्रनगर र सुर्खेतका पीडितहरुलाई यो कोषबाट सहयोग दिने हिमानीले जनाएकी छन् ।

त्यस्तै पूर्वराजा ज्ञानेन्द्रको सन्देशहरुको संग्रहबाट बिक्री भएको रकम पनि पीडितहरुलाई खर्च गरिने भएको छ ।

२०७२ सालको भूकम्पमा पनि हिमानी ट्रष्टबाट जनताको सेवा गरेको भन्दै उनले प्राकृतिक विपत्तिमा परेका व्यक्तिहरुको पनि सोही रुपमा सेवा गर्ने घोषणा गरेकी हुन् ।