२ चैत्र २०८२, सोमबार
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।
नियमित रुपमा प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन विशेष कारणवस रोकिएको भन्दै आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मलेन गरेर जानकारी दिइएको हो ।


यो हप्ता सरकारले मंसिर १४ गते तीनै तहको उपनिर्वाचन गर्ने, झुटो विवरण पेश गरी नागरिकता लिने अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता रद्ध, सशस्त्र प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा, नेपाल नोटरी पब्लिक परिषद्लाई १० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने लगायतका १९ निर्णयहरु गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

