कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने

होमल्याण्ड खबर

२०७६ श्रावण २१ गते, मंगलवार १५:०८ मा प्रकाशित

आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । प्रत्येक पाँच-पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको हो ।

नयाँ पाठ्यक्रमअनुसार नेपाली ५० र अङ्ग्रेजी भने १०० पूर्णाङ्कको हुनेछ । पाठ्यक्रम विकास केन्द्रका अनुसार अब कक्षा ११ र १२ मा थप दुई विषय पढ्नु पर्ने हुन्छ । जसमा जीवन उपयोगी सीप र सामाजिक अध्ययन ५०–५० पूर्णाङ्कको थप हुनेछ । यसअघि विसं २०६४ मा पाठ्यक्रम परिमार्जन भएको थियो ।