धनगढीमा थप एक उडान सञ्चालन

होमल्याण्ड खबर

२०७४ चैत्र १५ गते, बिहीबार ०६:३३ मा प्रकाशित

आगामी चैत २२ गतेदेखि बुद्ध एयरले प्रदेश ७ को राजधानी धनगढीमा काठमाडौंबाट थप एक उडान सञ्चालन गर्ने भएको छ ।
काठमाडौंबाट बिहान ७ र साँझ ५ बजे उडान हुनेछ । नागरिक उड्यन प्राधिकरणको सहयोगमा स्याटेलाईट प्रणाली तथा आरएनएभीबाट, कम भिजिविलिटी तथा रात्रिकालिन उडानको बुद्ध एयरले सफल परीक्षण गरिसकेको छ । स्याटेलाईट प्रणालीबाट उडान भर्दा मात्र १७०० मिटरको भिजिविलिटी र अन्य मौसम तथा रात्रिकालिन उडान पनि सजिलै हुने हुँदा धनगढीमा थप उडान गर्ने लागिएको कम्पनीले बताएको छ । यस अघि खराब मौसम र एयर ट्राफिकका कारण उडानमा ढिलाई र रद्दसमेत हुने गरेको थियो ।
थप उडानबाट यात्रुहरूलाई उही दिन धनगढी–काठमाडौं ओहोरदोहोर गर्न सजिलो हुने कम्पनीले जनाएको छ ।