प्रहरीद्वारा मिलन लामामाथि गोली प्रहार

होमल्याण्ड खबर

२०७६ श्रावण २४ गते, शुक्रबार १२:४५ मा प्रकाशित

प्रहरीले काठमाडौंको स्वयम्भूमा एकजनालाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको छ । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले लोपचन भनिने मिलन लामामाथि गोली प्रहार गरेको हो । उनलाई दुई गोली लागेको बताइएको छ । लामाको हुन् भन्ने प्रहरीले खुलाएको छैन । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले गोली प्रहार गरेको पुष्टि गरे । ज्ञवालीले घटनाको विस्तृत विवरण आइनसकेको बताए ।