स्वदेश फर्किए प्रधानमन्त्री ओलीः प्रतिक्रिया लिन पुगेका पत्रकार अलपत्र

होमल्याण्ड खबर

२०७६ श्रावण २७ गते, सोमबार १३:३० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । ८ दिने स्वास्थ्य उपचारपछि उनी सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल लगायत सरकारका अन्य मन्त्रीहरु तथा नेकपाका नेताहरु विमानस्थलमा पुगेका थिए ।

आफ्नो भ्रमण अनौपचारिक भन्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको सलामी ग्रहण भने गरेनन् भने पत्रकारसँग पनि कुराकानी गरेनन् ।

प्रतिक्रिया लिन पत्रकारहरु पनि प्रतीक्षा गरेर विमानस्थल पुगेका पत्रकारमाझ प्रधानमन्त्री ओली बोल्न मानेनन् ।

स्वास्थ्यबारे जानकारी दिनुपर्यो भनेर पत्रकारहरुले आग्रह गर्दा ‘केही दिनमा थाहा पाइहाल्नु हुन्छ ।’ भन्दै आली बालुवाटार तर्फ लागे ।