खाद्य तथा पोसाक वितरण

होमल्याण्ड खबर

२०७४ चैत्र १५ गते, बिहीबार ०८:३६ मा प्रकाशित

सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा चैत १४ गते निङलाशैनी गुरुकुल संस्कृत विद्यापिठ धनगढी–१३ कैलालीमा माछापुच्छ्रे बैंक लिमिटेडले खाद्य तथा पोसाक वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यापिठका आर्थिक अवस्था कमजोर भएका २७ विद्यार्थीहरुलाई बैंकको धनगढी शाखाले कुर्ता, धोती र टि–सर्टका साथै कापी, चकटी, चामल, तेल, चिनी तथा फलफूलसमेत वितरण गरेको छ ।
बैंकले पुर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैंकिङ सेवा समेत ८० स्थानबाट ग्राहकलाई सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।