२ चैत्र २०८२, सोमबार
काठमाडौंको कोटेश्वरमा ट्राफिक प्रहरी महाशाखाको गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
मंगलबार राति ११ बजे महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ड्युटीमा निस्केको बा १ झ ७८६६ नम्बरको प्रहरी भ्यानले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो ।


कोटेश्वर चोकनजिकै ठक्कर दिँदा घाइते भएका उनको उपचारका क्रममा ट्रमा सेन्टरमा बुधबार बिहान ९ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
मतृकको परिचय खुलेको छैन ।
गाडी र चालकलाई बानेश्वर वृत्तले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।