बालाजुमा ट्रकको ठक्करबाट एकको मृत्यु

होमल्याण्ड खबर

२०७६ श्रावण २९ गते, बुधबार १६:०३ मा प्रकाशित

काठमाडौं महानगरपालिका–१६ स्थित बालाजुमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बुधबार बिहान बालाजु औद्योगिक क्षेत्र नजिकै ना४ख१४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको मृत्यु भएको हो ।

ट्रक पछाडि सार्न खोज्दा पछिल्लो चक्काले किचेर गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा पिपल्स अस्पताल नयाँबजारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।