९ मंसिर २०८१, आईतवार
नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नाममा भएको सिमकार्ड मात्रै चलाउन प्रयोगकर्तासँग आग्रह गरेको छ ।
सरकारले विद्युतीय प्रणालीमार्फत नागरिकलाई सरकारी सेवा प्रवाह गर्ने उद्देश्यले नागरिक एप्स बनाइरहेकाले प्राधिकरणले यस्तो आग्रह गरेको हो ।
नागरिक एप्समा मोबाइल नम्बर पनि लिंक गरेर सबै सूचना र जानकारी राखिने भएकाले आफ्नो नाममा रहेको सिमकार्ड मात्रै प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणले यदि कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरेको भए पनि आफ्नो नाममा रजिष्ट्रेसन गर्न आग्रह गरेको छ ।
उपभोक्ताले प्रयोग गर्ने मोबाइल नम्बरलाई नागरिकको पहिचानको माध्यम बनाउँदा सरल र सहज हुने भएकाले यस्तो निर्णय लिएको प्राधिकरणले जनाएको छ ।