२ चैत्र २०८२, सोमबार
साेमबार चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ मा पर्ने पम्फा खोलामा बम विस्फोट भएको छ । दिउँसो १ बजेतिर भएको बम विस्पोटमा परी १ जना घाइते भएका छन् ।
स्थानीय राजन सिल्वालले शंकास्पद वस्तु देखेपछि के रहेछ भनेर हेर्ने क्रममा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए।


कोईरालाका अनुसार चितवनमा आज विप्लव समूहले बन्दको घोषणा गरेको छ । बन्दको पूर्वसन्ध्यामा राखिएको बम विस्फोटन भएको हुन सक्ने प्रहरीको अनुमान छ । घाइते सिलवालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको हात र छातिमा चोट लागेको छ ।