विज्ञापन विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश

होमल्याण्ड खबर

२०७६ भाद्र ९ गते, सोमबार १६:४६ मा प्रकाशित

प्रतिनिधिसभाको आजको बैठकमा  ‘विज्ञापन (नियमन गर्ने) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ सदनसमक्ष पेश भएको छ ।

उक्त विधेयक विकास तथा प्रविधि समितिमा झण्डै एक महीनासम्म दफावार छलफल भई आज पेश भएको हो । विकास तथा प्रविधिसमितिका सभापति कल्याणीकुमारी खड्काले सो प्रतिवेदन पेश गरेकी थिइन् । प्रतिनिधिसभाको अर्का बैठक यही भदौ १० गते अपराह्न ३ बजे बस्ने छ ।   रासस