एनसेलको पक्षमा सर्वोच्चको फैसला, कर निर्धारण प्रक्रिया बदर

होमल्याण्ड खबर

२०७६ भाद्र ९ गते, सोमबार १७:३१ मा प्रकाशित

सर्वोच्च अदालतले एनसेलको कर विवाद मुद्दामा एनसेलकै पक्षमा फैसला गरेको छ । सोमबार बृहत् पूर्ण इजलासले एनसेल कर निर्धारण प्रक्रिया विवादको मुद्दामा सुनुवाई गर्दै ठूला करदाता कार्यालयले गरेको कर निर्धारण बदर गरेको हो । सर्वोच्चका न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी,  डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलाशले यस्तो फैसला सुनाएको हो ।

आदेशअनुसार अब ठूला करदाता कार्यालयले पुनः  कर निर्धारण गर्नुपर्नेछ। आदेशको पूर्णपाठ भने सार्वजनिक भएको छैन।