१० मंसिर २०८१, सोमबार
लिबियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर)ले मंगलबार दिएको जानकारी अनुसार कम्तीमा ४० जनाको मृत्यु भएको तथा कम्तीमा ६० आप्रबासी शरणार्थीलाई सकुशल उद्धार गरिएको थियो ।
दुर्घटनामा बाँच्न सफल एक यात्रुलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार उनीहरुमध्ये अधिकांश व्यक्ति अरब क्षेत्रबाट यूरोपतर्फ जाने क्रममा लिबिया हुँदै यात्रामा रहेका थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।