मन्त्रीको गाडीमा ट्राफिक प्रहरीलेको ह्विल लक

होमल्याण्ड खबर

२०७६ भाद्र ११ गते, बुधबार १६:१४ मा प्रकाशित

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढ्ने गाडीमा ट्राफिक प्रहरीले ह्विल लक गरेको छ । नयाँ वानेश्वर चोक छेउ अनधिकृत रुपमा पार्किङ गरी राखिएको बा २ झ ४८६२ नम्बरको गाडीमा बुधबार ट्राफिक प्रहरीले ह्विल लक गरेको हो ।

“गाडी नो पार्किङ एरियामा पार्किङ गरी राखिएकाले ह्विल लक गरेका हौं,” महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटश्वरका प्रहरी निरीक्षक सुरेशकुमार ठाकुरले भने, “गाडी चालकलाई कारबाहीस्वरुप पाँच सय रुपैयाँ जरिवाना गरिने छ ।”
एक महिनाअघि सिंहदरबार दक्षिण गेटमा गृह मन्त्रालयका एक सहसचिवको गाडी पनि अनधिकृत पार्किङ स्थलमा रोकेको भेटेपछि ट्राफिक प्रहरीले ह्विल लक गरेको थियो ।