१० मंसिर २०८१, सोमबार
बेलायतको संसद्लाई पाँच हप्ता निलम्बन गर्ने सरकारको सिफारिसलाई बेलायतकी महारानी एलिजाबेथले स्वीकृत गरेकी छन् ।
प्रधानमन्त्री बोरिस जोन्सनले आगामी १४ अक्टुबरसम्मका लागि संसद निलम्बन गर्ने निर्णय गर्दै त्यसको स्वीकृतिका लागि महारानीसमक्ष पेश गरेका थिए ।
महारानीले स्वीकृति दिएकाले अब सेप्टेम्बर महिनाबाट बेलायतको संसद निलम्बन हुने छ । त्यसपछि ३१ अक्टुबरमा विना कुनै सम्झौता बेलायत युरोपेली युनियन (ईयू)बाट बाहिरिने छ ।
संसद निलम्बन हुने भएकाले त्यसबारे संसदमा कुनै किसिमको बहस हुने छैन । विनासम्झौता ईयूबाट बेलायत बाहिरिने प्रक्रिया रोक्नेलगायतका विधेयकहरु अब निष्कृय हुनेछन् ।
विनाकुनै सम्झौता ईयूबाट बेलायत बाहिरिने (ब्रेक्जिट) प्रक्रिया रोक्ने कानुन पारित हुन नदिन प्रधानमन्त्री जोनसनले संसद निलम्बनको निर्णय गरेको भन्दै विपक्षी र सत्तापक्षीय सांसदहरुले आलोचना गरेका छन् ।