‘मिडिया काउन्सिल विधेयक-२०७५’ राष्ट्रियसभाबाट स्वीकृत

होमल्याण्ड खबर

२०७६ भाद्र १३ गते, शुक्रबार १५:१७ मा प्रकाशित

‘नेपाल मिडिया काउन्सिल विधेयक-२०७५’ लाई संघीय संसद्को राष्ट्रिय सभामा स्वीकृत भएको छ ।

शुक्रबार संञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पेश गरेको ‘नेपाल मिडिया काउन्सिल विधेयक-२०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो ।

बैठकमा विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री बाँस्कोटाले पत्रकारितालाई नियन्त्रण गर्नेभन्दा पनि आमसञ्चारमाध्यमलाई सुरक्षित, मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले काउन्सिल विधेयक ल्याइएको बताए ।