३ चैत्र २०८२, मंगलवार
काठमाडौंको सीतापाइलाको मूल सडकमा सोमबार राति खुकुरी हानेर एक युवाको हत्या गरिएको छ ।
हत्या गरिएका युवक नागार्जुन नगरपालिका– ५ का आकाश बस्नेत भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।


सडकमा हिँडिरहेका बस्नेतलाई चारजना युवाले आक्रमण गरेका थिए । उनीहरूले बस्नेतलाई खुकुरी प्रहार गरेर घाइते बनाएका थिए ।
अस्पतालका अनुसार बस्नेतको निधन भइसकेको छ । हत्याको आरोपमा प्रहरी तीन जनालाई पक्राउ गरेको छ ।