३ चैत्र २०८२, मंगलवार
देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भएको जल तथा मौसम पूर्वामानुमान महाशाखाले जनाएको छ । हाल पूर्व र मध्यका केही तथा पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यस्तै दिउँसो पनि देशभर बदली भई केही स्थानमा मेघ गर्जन/चट्याङसहित पानी पर्ने अनुमान मौसमविद्ले गरेका छन् ।


आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेकाे छ- देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित वर्षाका साथै पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना हुने भएकाले सामान्य सतर्कता अपनाउन अनुरोध छ ।
यस्तै राति पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । पश्चिम र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।