१० मंसिर २०८१, सोमबार
विश्वकै प्रतिष्ठित अल्ट्रा ट्रेल दौड प्रतियोगितामा भाग लिन फ्रान्स पुगेका हङकङबासी नेपाली दीननाथ बगालेले दौडिबाटै नेपाल चिनाउन सफल भएका छन् । अगस्ट ३० तारिख फ्रान्सेली समयअनुसार साँझ ६ बजे प्रतियोगिता सुरु भएको थियो ।
उनले फ्रान्सको दक्षिणपूर्वी क्षेत्र सेनोमीमा आयोजना भएको ट्रेल दौडको सर्वधिक प्रतिष्ठित १ सय ७१ किलोमीटर लामो अल्ट्रा ट्रैल डु मोन्ट ब्लांक (ग्त्ःद्य) मा भाग लिएका थिए । १ सय ७१ किलोमीटरको लामो दौड ३६ घण्टा १० मिनेटमा पार गर्न सफल भएका हुन् । उक्त प्रतियोगितामा २३०० जना रनरहरु सहभागी भएका थिए ति मध्येको एक साहासी सहभागी हुन् दिननाथ ।
ट्रेल दौडको लागि विश्वकप मानिने उक्त दौडमा सहभागिताको लागि प्रबेश पाउनु मात्रै पनि ठूलो कुरा मानिन्छ ।
ठूला चुनौतीलाई पार गर्नुपर्ने यस हिमाली दौड साहसिक खेल हो । उनले भने, म सहभागी भएकोे खेलमा मौसम फेरबदल भइरहेको हुनाले कठिन परिस्थिति सामना गर्दै पनि आफ्नो दौडलाई निरन्तर अगाडी बढाई दौडबाटै नेपाल चिनाउन सकेकोमा खुसि छु । कडा मिहिनत र तयारी चाहिने यस दौड प्रतियोगितामा आफु सक्षम रहेको समेत उनले बताए ।
फ्रान्सको सुन्दर ठाउँ सानोमीबाट दौड शुरु भएर दौडको क्रममा धावकले स्विजरल्यान्ड तथा ईटलीका विभिन्न स्थान पार गर्दै फेरि फ्रान्स फर्केका थिए ।