३ चैत्र २०८२, मंगलवार
आज देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार थोरै स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ ।


अहिले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ भने केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकसित न्युन चापीय प्रणालीका कारण देशभर मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनमा लेखिएअनुसार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना बुधबार, बिहीबार र शुक्रबार पनि छ ।
पहाडी भु–भागमा पहिरोको जान सक्ने, हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने र नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।