कृषिमन्त्री खनाललाई डेंगु देखियो

होमल्याण्ड खबर

२०७६ भाद्र १९ गते, बिहीबार १३:३२ मा प्रकाशित

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण देखिएको छ ।

मन्त्री खनाललाई डेंगुको संक्रमण देखिएपछि अहिले ग्राण्डी अस्पताल लगिएको छ ।

शुक्रबार मन्त्रालयको काममा हेटौडा पुगेर काठमाडौं फर्किएपछि खनाललाई ज्वरो आएको थियो र अस्पतालमा परीक्षणपश्चात डेंगु भएको पुष्टि भएको हो ।।

ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि डेंगु भएको आशंकामा कृषीमन्त्री खनाललाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगेर रगत परीक्षण गरिएको थियो ।

परीक्षणपश्चात डेंगु भएको पुष्टि भएपछि मन्त्री खनाललाई बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो ।