वीरगञ्जमा विद्यालय जाँदै गरेकी १५ वर्षीया किशोरीमाथि तेजाब प्रहार

होमल्याण्ड खबर

२०७६ भाद्र २० गते, शुक्रबार ११:०५ मा प्रकाशित

वीरगञ्जको गणेशमानचौकमा आज बिहान १५ वर्षीया एक किशोरीलाई एसिड (तेजाब) खन्याइ घाइते बनाइएको छ ।

वीरगञ्ज महानगरपालिकामा विद्यालय जाँदै गरेकी एक छात्रामाथि शुक्रबार बिहानै एसिड प्रहार भएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ ।

मुस्कान खातुनमाथि दुई जनाको सङ्ख्यामा रहेका युवकले तेजाब प्रहार गरेका हुन् । तेजाब प्रहारबाट घाइते भएकी खातुनलाई वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । तेजाबबाट खातुनको अनुहार, छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । खातुनको स्वास्थ्य अवस्था गम्भीर रहेको पनि चिकित्सकले बताएका छन् ।

मुस्कानमाथि तेजाब खन्याएको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।