३ चैत्र २०८२, मंगलवार
नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले सोमबार उच्चस्तरीय भेटवार्ता गर्दै गर्दैछन् ।
नेपालको तीनदिने भ्रमणका लागि आइतबार साँझ काठमाडौं आइपुगेका मन्त्री यीले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ ।


उनले साँझ साढे ६ बजे राष्ट्रपति भण्डारीसँग, साँझ पौने ६ बजे प्रधानमन्त्री ओलीसँग तथा दिउँसो साढे ३ बजेपछि परराष्ट्रमन्त्री ज्ञवालीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
वार्ता आर्थिक र विकास साझेदारीका साथै नेपाल–चीन सम्बन्धका विविध पक्षमा केन्द्रित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रीस्तरीय भेटवार्ता होटेल याक एण्ड यतिमा आज दिउँसो साढे तीन बजेका लागि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि दुई देशबीच विभिन्न सम्झौंतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री यीले मंगलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
उनी मंगलबार दिउँसो १ बजे स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।