३ चैत्र २०८२, मंगलवार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ४ सय ग्राम अवैध सुनसहित तीनजना पक्राउ परेका छन् । भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका होमबहादुर गुरूङसहित ३ जनालाई प्रहरीले सुनसहित पक्राउ गरेको हो ।
होमबहादुर गुरुङ वैदेशिक रोजगारीबाट स्वदेश फर्किन लागेका थिए ।


सुन तस्करले कमिसनको लोभमा वैदेशिक रोजगारीबाट नेपाल आउने नेपालीलाई सुन तस्करीमा प्रयोग गर्दै आएका छन् ।