काठमाडौंमा डेंगु न्यूनीकरण गर्न सचेतना कार्यक्रम सुरु

होमल्याण्ड खबर

२०७६ भाद्र २४ गते, मंगलवार १४:४० मा प्रकाशित

काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रण गर्न सचेतना कार्यक्रम सुरु गरेको छ । ‘टोल टोलबाट उठौं, गल्ली गल्लीबाट उठौं, डेंगुविरुद्ध सरसफाईमा जुटौं, सबै मिलेर लडौं’, ‘धनी गरिब केही भन्दैन डेंगु हो डेंगु’लगायतका प्लाकार्ड बोकेर न्युरोड लगनटोलबाट महानगरले सचेतना कार्यक्रम सुरु गरेको हो ।

मेयर विद्यासुन्दर शाक्य, संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद अजयक्रान्ति शाक्यलगायतको अगुवाईमा काठमाडौं वडा २१ ले डेंगु न्युनीकरणका लागि जनचेतना र्यालीको आयोजना गरेको हो । कार्यक्रममा सहभागीले लगनटोल, भोटेवहाल, सुन्धारा, जैसीदेवललगायत स्थानको परिक्रममा गरेका छन् । मेयर शाक्यले काठमाडौंमा डेंगु न्यूनीकरणका लागि जनचेतनामूलक अभियान ३२ वटै वडामा सञ्चालन गर्ने जानकारी दिए ।