३ चैत्र २०८२, मंगलवार
सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने, चार जना घाइते भएका छन् । पहिरोले लु१ ज २६१७ र लु २ ज ५९३८ नम्बरको जीप माथिबाट खसेको पहिरोमा पुरिएका हुन् ।
मृत्यु हुनेमा गुल्मीको कालीगण्डकी गाउँपालिका–७ जीप चालक २६ वर्षीय कमल परियार रहेका छन् । यस्तै घाइते हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका २ बस्ने ३१ वर्षीय ललित मल्ल, गुल्मीको पुर्तिघात बस्ने २२ वर्षीय प्रेम सुनार, बुटवलको नयाँ गाउँ बस्ने मिलन शाह र सोही स्थानकै २० वर्षीय नरेन्द्र हमाल रहेका छन् ।


उनीहरुको बुटवल प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।