यसपालीको दशैं विदा काटियो, अब ५ दिन मात्र विदा हुने

होमल्याण्ड खबर

२०७६ भाद्र २७ गते, शुक्रबार १६:४४ मा प्रकाशित

सरकारले बिगतदेखि दिदै आएकाे विदामा १२ दिन सार्वजनिक बिदा कटौती गरेकाे थियाे । सरकारले कटाैती गरेका विदाहरू अघिल्लो वर्षदेखि दशैं विदा ३ दिन कटौती गरेको हो ।

पहिला दशैंमा सरकारी कार्यालय फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म बिदा हुन्थ्यो । घटस्थापनाको दिन समेत गरी दशैंमा ८ दिन बिदा दिइन्थ्यो । अहिले भने बिदा कटौती गरी ५ दिनमा झारिएको छ । दशैंमा अब फूलपातीदेखि एकादशीसम्म ५ दिन मात्र  बिदा दिइएको छ ।

वर्षातपछि विभिन्न चाडबाड लागिसकेको छ । नागपञ्चमपछि वर्षात सकिएर हिउँद लागेको मानिन्छ । जनै पूर्णिमा र हरितालिका तीज बिदा भइसकेको छ । तीजपछि हिन्दूहरुको महान चाड दशैं नजिकिँदैछ ।

आउँदो शनिबारबाट सोह्र श्राद्ध आरम्भ हुन्छ । सोह्र श्राद्ध १५ दिन रहन्छ । सोह्र श्राद्ध सकिएपछि दशैं शुरु हुन्छ । दशै शुरु हुन अब १८ दिन बाँकी छ । कर्मचारीलाई दशैंले छोइसकेको छ । विभिन्न कार्यालयमा कर्मचारीले दशैंको योजनाबारे छलफल गर्न थालिसकेका छन् । कतिपय दशैं खर्च जुटाउन लागिसकेका छन् ।