लमजुङ केन्द्रविन्दु बनाएर भूकम्प

होमल्याण्ड खबर

२०७६ भाद्र ३१ गते, मंगलवार १०:२९ मा प्रकाशित

लमजुङ केन्द्रविन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ ।

लमजुङको नौथरनजिकै केन्द्रविन्दु पारी ९ बजेर ५३ मिनेटमा ४ दशमलव ५ म्याग्निच्युटको भूइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त भुइँचालोको धक्का लमजुङसहित तनहुँमा समेत महशुश भएको बताइएको छ ।