३ चैत्र २०८२, मंगलवार
लगातारको वर्षापछि आएको पहिरोका कारण देशका विभिन्न ठाउँहरुमा जनजिवन कष्टकर बनेको छ । त्यस्तै पोखरा-बागलुङ सडक खण्ड अवरुद्ध भएको छ।
पर्वत जिल्लाको नजिकै कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका—५ झोवाङको भीरबाट खसेको पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जानकारी गराएको छ ।


पोखरा बागलुङ सडक खण्डको पर्वत र कास्की जिल्लाका अन्य ४ ठाउँमा समेत पहिरो खसेकोमा सबै ठाउँहरूको पहिरो पन्छाइएको छ। तर नयाँ पुलको पहिरो सबैभन्दा ठूलो भएकोले बाटो सुचारु गराउन नसकिएको बताइएको छ ।
पहिरोका कारण कास्कीको पोखरा हुँदै साबिकको धौलागिरीका पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङका लागि छुटेका धेरै सवारीहरूको कास्कीको ढावामा नै रातीदेखि नै रोकिएको प्रहरीले जनाएको छ।
यस्तै, कास्कीकै हेम्जा नजिकैको फेदीको भीरमा पोखरा बागलुङ सडक खण्डमा नै खसेको पहिरो पनि खुलाइसकिएको छ।
यसै गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार जिल्लाको कुस्मा नगरपालिका—४ अर्मादीको गिलमेरी खोलामा आएको पहिरोले सडक एकतर्फी रूपमा मात्रै चलिरहेको छ।