पछि हट्यो सरकार ! राष्ट्रिय गानबिना नै पशुपतिनाथमा गंगा आरती जारी

होमल्याण्ड खबर

२०७६ आश्विन ५ गते, आईतवार १२:२३ मा प्रकाशित

पशुपतिनाथको मन्दिर तथा आर्यघाटमा हुने गंगा आरतीमा सरकारले दुई साताअघि राष्ट्रिय गान बजाउनैपर्ने दबाब दिएको भए पनि सरकार अघोषित रुपमा लचिलो भएको पाइएको छ ।

आरतीमा सहभागीहरुले संवेदनशील धार्मिक क्षेत्रमा सरकारले अनावश्यक रुपमा हस्तक्षेप गरेको यसअघि आरोप लगाएका थिए ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विभिन्न स्थानमा राष्ट्रिय गान गाउनुपर्ने आदेश दिएपछि समस्या उत्पन्न भएको थियो ।

आर्यघाटमा गंगा आरतीमा राष्ट्रिय गान गाउनुपर्ने भनिएपछि सो सम्बन्धी आरती समितिको आकस्मिक बैठकले दुई साताअघि त्यसरी राष्ट्रिय गान गाउनुपर्ने भए आफूले आरती नै स्थगित गर्ने जनाएको थियो । अहिले पछि राष्ट्रिय गान नबजाई आरती भइरहेको छ ।