९ मंसिर २०८१, आईतवार
बहुप्रतीक्षित नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणका लागि सरकारले सोमबार जापानी निर्माण कम्पनीसँ सम्झौता गर्दैछ ।
जापान सरकारको सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको यो सुरुङमार्ग हाज्मा-आन्द्रो जेभीले करिब १३ अर्ब रुपैयाँमा निर्माण गर्नेछ ।
जापानको निर्माण कम्पनी हाज्मा-आन्द्रो जेभीले साे सुरुङ मार्ग निर्माणको ठेक्का पाएको छ । जापान सरकारकै सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको हाे । जापानले यस परियाेजनाका लागि नेपाललाई १६ अर्ब २८ करोड रुपैयाँ सहुलियत ऋण दिएको छ ।
आज सम्झाैता भएर आउँदाे मंसिरबाटै सुरुङमार्गकाे निर्माण कार्य सुरु हुने बताइएको छ । सुरुङमार्ग आयाेजनाका प्रमुख श्यामप्रसाद खरेलका अनुसार सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेँसीको सिस्नेखोलाबाट ५ सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ । यही सर्तअनुसार जापानी कम्पनीसँग सम्झौता हुन लागेको हाे ।
थानकाेटको दहचोकदेखि धादिङको सिस्ने खोलासम्म कायम हुने सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुने यसअघि नै तय गरिएको थियाे । सडकको लम्बाइ आठ किमि कम हुनेछ ।