३ चैत्र २०८२, मंगलवार
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका ८ मा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।
लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगल क्षेत्रमा गएराति पौने ११ बजेतिर ठोक्किँदा कारमा रहेकाहरु मृत्यु भएको हो ।


मृतक सबै पुरुष भएको र उनीहरुको सनाखत नभएको नवलपुर प्रहरीले जानकारी दिएको छ ।