३ चैत्र २०८२, मंगलवार
पशु सेवा विभागले ‘वधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखी सार्वजनिक गरेको पोस्टरमा गाईको फोटो पर्न गएकोमा माफी मागेको छ ।
मंगलबार विभागका महानिर्देशक वंशी शर्माले सूचना जारी गर्दै गाईको फोटो भुलवश पर्न गएको भन्दै माफी मागेका हुन् ।


सूचनामा भनिएको छ, ‘पोष्टर छपाईको त्रसटिका कारणले गाईको तस्विर भूलबस पर्न गएकोमा सर्वसाधारण लगायत सम्पूर्ण सरोकारवालाले उठाउनु भएको गुनासोप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ । हाल उक्त त्रुटिलाई सच्चाइसकिएको ब्यहोरा सम्बिन्धित सबैलाई जानकारी गराउँदै प्रविधिक कारणले हुन गएको त्रुटिप्रति पशु सेवा विभाग हार्दिक क्षमा याचना गर्दछ ।
मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्बिर राखिएपछि त्यो पोस्टरको चौतर्फी आलोचना भएको थियो ।