१३ जेष्ठ २०८३, बुधबार
सडक भत्किएको भन्दै तातोपानी नाकाबाट कन्टेनर आवतजावत बन्द गरिएको थियो।
चिनियाँ पक्षले सडक मर्मत सकिएको र अब नाका सुचारु हुने जानकारी दिएका छन् । चाडपर्वको मुखमा नाका बन्द हुँदा दसैंको सामान ल्याउन ढिलाई भएको थियो।


अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करिब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको थियो ।